इँटाभट्टामा काम गर्ने आफ्नै साथीको हत्या गरी ११ वर्षदेखि फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुर भीमफेदी नगरपालिका-८ का ५१ वर्षीय भीमसेन गाहामगर र ३० वर्षीय रामकृष्ण चुनी मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। फरार अभियुक्त खोजी सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले दुवैलाई बाँके नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाबाट पक्राउ गरेको हो।
उनीहरूले २०६६ वैशाख २८ गते ललितपुर गोदावरी नगरपालिका-१३ को आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भीमफेदी ८ का ३६ वर्षीय दिलबहादुर योञ्जनको हत्या गरेका थिए। योञ्जनलाई उनी सुत्ने कोठाबाहिर कोदालीको बिँड प्रहार गरी हत्या गरिएको थियो।
ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुल थापाका अनुसार घटनापछि दुवै अभियुक्त ललितपुरबाट पैदलै हेटौंडा गई रक्सौल नाका हुँदै नयाँदिल्ली पुगेका थिए। दिल्ली गएर उनीहरूले आफ्नो वास्तविक नाम परिवर्तन गरी भारतीय आधारकार्ड बनाएर बसेका थिए। इँटाभट्टामा काम गर्ने आफ्नै साथीको हत्या गरी ११ वर्षदेखि फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३