काठमाडौं – काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।
त्यसमध्ये काठमाडौंका २ हजार ८ जना, भक्तपुरका ९९ जना र ललितपुरका २ सय ८१ जना छन्।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
आज देशभर थप ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् भने २३३५ जना निको भएर घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३