झिमरुक, ४ कात्तिक: प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा बे्रक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताए ।सो दुर्घटनामा तीन यात्रु घाइते भएका छन् । बङ्गलाचुली गाउँपालिका–३ की ३० वर्षीया वसन्ता विक, माण्डवी १ तिराम बस्ने वर्ष ४५ को लक्ष्मी खत्री गम्भीर घाइते भएका छन् भने माण्डवी गाउँपालिका–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी सामान्य घाइते भएको सूचना अधिकारी ढकालले बताए । बस सडकदेखि २०० मिटर तल खसेको छ । घाइतेलाई उपचारका लागि दाङ पठाउने तयारी छ ।-रासस
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३