काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानका सकारात्मक पक्षहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउने दिशामा अघि बढ्नु सबैको जिम्मेवारी भएको स्मरण गराएका छन् ।
उनले नेपाली जनताको बलिदानीपूण र महान् संघर्षको परिणामस्वरुप प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गरिएको नेपालको संविधानको व्यवस्थाविरुद्ध कोही पनि जान नमिल्ने जिकिर गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता श्रेष्ठले, ‘नेपाली जनताको बलिदानीपूण महान् संघर्षको परिणामस्वरुप प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गरिएको नेपालको संविधानको व्यवस्था विरुद्ध हामी कोही पनि जानु हुँदैन’, उनले भनेका छन्, ‘संविधानको सकारात्मक पक्षहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउने दिशामा अघि बढ्नु हामी सबैको जिम्मेवारी हो ।’
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको अधिकारकाबारेमा दिएको अभिव्यक्तिबारे विवाद भइरहेका बेला प्रवक्ता श्रेष्ठको यस्तो भनाइ सार्वजनिक भएको हो । प्रधानमन्त्री ओलीले नेकपा कर्णाली प्रदेशका नेताहरुसँगको भेटमा सवै प्रदेश सभाको दलकै नेता नै आफै रहेको बताएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३