काठमाडौँ – पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ। दुवै छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।
मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।
— Gokul Prasad Baskota (@GokulPBaskota) October 22, 2020
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७