काठमाडौं – देशभर २२ सय २५ कोरोना भाइरसका संक्रमित थपिएका छन् । बितेको २४ घन्टाभित्र ७ सय ७९ महिला र १४ सय ४६ पुरुष संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशमा अहिलेसम्म कुल एक लाख ५५ हजार २ सय ३३ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमक्ये ८ सय ४२ जनाको मृत्यु भइसकेको छ ।
जम्मा १३ हजार ८ सय ४६ जनाले पिसिआर परीक्षण गरेका थिए । बितेको २४ घन्टाभित्र २८ सय ४६ जना कोरोना संक्रमितहरु नीको भएका छन् । देशमा हाल ४६ हजार ५७ सक्रिय कोरोना संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल ८ सय ४२ जना को मृत्यु भएको छ । यो कुल संक्रमितको ०.५ प्रतिशत हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७