काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ८८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा एक हजार ८८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १६ हजार २४२, ललितपुरमा दुई हजार ३४५ र भक्तपुरमा एक हजार १६५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । उपत्यकामा हालसम्म कुल ३३३ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २१२, ललितपुरमा ५८ र भक्तपुरमा ६३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३