काठमाडौंमा चोरको विगविगी, विभिन्न स्थानबाट सुन चोरी

काठमाडौं – टोखा नगरपालिका-६ धापासी डेरा गरी बस्ने ओखलढुंगा चम्मादेबी गाउँपालिका(७ घर भएकी ३१ वर्षीया सिता श्रेष्ठ, २४ वर्षीया मित्रा श्रेष्ठ र ४५ वर्षीया गोमा श्रेष्ठ समेत ३ जनाको कोठाबाट सुनका बिभिन्न गरगहना करिब २ लाख ८ हजार १ सय ९७ रुपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको छ ।

यसैगरी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ वीरेन्द्र चोक बस्ने सिन्धुपाल्चोक घर भएकी ४८ वर्षीया गंगामाया श्रेष्ठ शाक्यको कोठाबाट १ थान चाँदीको औँठी, २ थान सुनको मंगलशुत्र र नगद समेत गरी करिब २ लाख ६१ हजार २ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार