काठमाडौं – मंसिर २ गते देशभरको मौसममा आएको बदलिका कारण देशभरीको मौसममा परिवर्तन आएको छ । केहि पहाडी जिल्लाहरुमा परेको हिमपातका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो ।
यस्तै मंगलबार काठमाडौं उपत्यकाको तापक्रम पनि ओरालो लागेको छ। महाशाखाका अनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको हो।
।
महाशाखाका अनुसार अहिले सुदूरपश्चिमको पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ। अहिले सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली र यसको तराई भुभागमा हुसु्–कुहिरो लागेको छ बाँकी भूभागमा मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३