थप १४४२ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या २८ हजार ८७८

काठमाडौं – नेपालमा १४४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४४२ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १२ हजार ९१७ रहेको छ । संक्रमित मध्ये एक लाख ८२ हजार ७८० जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोनामुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १२५९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार