दुई श्रीमती हुँदाहुँदै वडाध्यक्षले अर्कैकी श्रीमती भगाएपछि…

सल्यान – जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षले अर्कैकी श्रीमती लिएर भागेका छन् । प्रहरीका अनुसार वडाध्यक्ष इन्द्र कुमाईले आफ्नो दुई पत्नी हुँदाहुँदै पनि अर्कैकी श्रीमती भगाएर फरार भएका हुन् ।

वडाध्यक्ष कुमाईले गाउँकै गौरी बोहरालाई भगाएर फरार भएका हुन् । उनीहरु दुवै जनाको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको बताइएको छ ।

वडाध्यक्ष कुमाईका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार