काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार चारवटै सुरक्षा प्रमुखलाई बालुटावार बोलाए । प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरुसँग ओलीले विप्लव समुहको ‘चन्दा आतंक’ र आफ्नै पार्टीको गुटगत झडप बढ्न सक्नेतर्फ सजग गराएका छन् ।
त्यस्तै, मंसिर १४ मा चीनका रक्षामन्त्री जनरल वेई फेङ्गे नेपाल भ्रमणमा आउँदै छन् । प्रधानमन्त्रीले सो भ्रमण अवधिमा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको बताइएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले देशभर चन्दा आतंक मच्चाएको भन्दै प्रधानमन्त्रीले सो गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
तीन दिनयता विप्लव समूहले पार्टी स्थापनाको वर्षगाँठ मनाईरहेको छ । बर्षगाँठ मनाउन उपत्यकामा आएका सो समूहका केन्द्रिय आर्थिक विभागका प्रमुख (पोलिटब्यूरो सदस्य) प्रेम दर्नाललाई शनिवार प्रहरीले पक्रेको थियो ।
आफ्नै पार्टी (नेकपा) भित्र गुट उपगुट बढेकाले झड्पका घट्ना थप बढ्न सक्ने भन्दै प्रधानमन्त्रीले सजगता अपनाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
चितवनमा नेकपा नेता सुरेन्द्र पाण्डेमाथी अर्को समूहले नाराबाजी गरेका थिए । सुर्खेतमा पनि माधव नेपाल समूह र ओली समूह बीच तिक्तता पैदा भएपछि झडप हुने अवस्था आएको थियो ।
‘त्यस्ता भड्प देशभर हुनसक्ने भन्दै प्रधानमन्त्रीले सजगकता अपनाउन भन्नुभएको छ’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘सड्क आन्दोनल पनि हुनसक्ने तर्फ सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीले सजगता अपनाउँदै तयार रहन निर्देशन दिनुभएको छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३