काठमाडौं सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन कुनैपनि हालतमा फिर्ता नगर्ने स्पष्ट पारेका छन् । आफ्नै पार्टीका स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझीसँग आज आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा दाहालले सचिवालयमा पेश गरेको प्रतिवेदन फिर्ता लिने कुनै सम्भावना नै नभएको जिकिर गरेका छन् ।
दाहालसँगको भेटवार्ताबारे जानकारी दिँदै नेता गजुरेलले दाहालले प्रतिवेदन फिर्ता नलिने अडान लिएको सुनाए । दाहालको भनाई उद्धृत गर्दै गजुरेलले भने,‘यो राजनीतिक प्रतिवेदन आउँदैमा आँत्तिनुपर्दैन् । मैले उठाएका कुरा जनताले थाहा पाएका छन् । पार्टीभित्र पनि बहस चलेको छ । मैले त्यसलाई लिपिवद्ध गरेर मात्रै ल्याएको हुँ। त्यसलाई गलत रुपले हेर्नुभएन । ओलीजीले कस्तो प्रतिवेदन ल्याउनुहुन्छ ? त्यो हृर्नुपर्छ । त्यसले छलफल र समस्या समाधान गर्न मद्दत पुर्याउँछ । मेरो प्रतिवेदनले पार्टी फुट्दैन । पार्टी नफुटाउनको लागि मैले पहल गरिरखेको छु ।’
उनले पार्टी नफुटाउनको लागि आफूले सुरुदेखि नै पहल गरिराखेको पनि दाहालले सुनाएको जानकारी दिए । दाहालको भनाई उद्धृत गर्दै फेरि गजुरेलले भने,‘बल ओलीको कोर्टमा छ । एक पक्षले मात्रै चाहेर हुँदैन्, अर्को पक्षले पनि चाहनुपर्यो ।’ दाहालले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत पुर्याउनेगरि गतिविधि गरेको त्यसकै कडीको रुपमा आफले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तालाई लिएको पनि सुनाएका थिए । उनले ओलीले गणितीय खेलमा लाग्ने काम बन्द गर्नुपर्ने बताएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३