काठमाडौँ – रगतको अभाव हुन नदिन सुरक्षाका उपाय अपनाउदै आशा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रगत संकलन कार्यक्रम आज सम्पन भएको ।
रगतको अभावलाई ध्यानमा राखी उक्त रगत दान कार्यक्रम आयोजना गरिएको हो । बिहान ९ बजे बाट सुरु भएको उक्त रक्तदान २ बजेसम्म भएको थियो । उक्त रक्तदानमा संघिय साम्सद जिबन राम श्रेष्ठले रक्तदातालाई प्रमण पत्र वितरण गरेका थिए । अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्यधिकरुपमा बढ्दा काठमाडौं उपत्यकाभित्र रगतको अभाव देखिएको छ, त्यसैले रक्तदान कार्यक्रम आयोजना गरिएको आशा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाल कृष्ण महर्जनले जानकारी दिए ।
पछिलो समय रगतको अभाब देखिएकोले ब्लड डोनर एशोसिए नेपाल (ब्लोदान ) द्वारा रगतको माग र आपूर्तिबीचमा सहजता ल्याउन अहिले कठिन भएकोले रक्तदानको शिविर बढाउन संघ सस्थालाई आह्वान समेत गरेको छ । आज भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका थिए भने उक्त कार्यक्रम हनुमान ढोकामा भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३