अक्सफोर्ड भ्याक्सिन २ देखि ८ डिग्रीसम्म भण्डारण गर्न सकिन्छ । अमेरिका र रुसको भ्याक्सिनभन्दा सस्तो र सहज भएकाले पनि यो भ्याक्सिनमा नेपालले समेत चासो बढाएको छ । त्यसमाथि छिमेकी मुलुक भारतसँग कुटनीतिक पहल गरेर भ्याक्सिन सहज तरिकाले ल्याउन सकिन्छ । भारतले नेपालसँग खुल्ला सीमा भएकाले पनि भ्याक्सिन छिटो उपलब्ध गराउन सहयोग गर्ने अवस्था रहन्छ । कोभिड १९ को रोकथामका लागि भारत र नेपाल दुवै मिलेर काम गर्नुपर्ने अनिवार्य अवस्था पनि छ ।
यसैगरी, नेपाल सरकारले कोभिड १९ को भ्याक्सिन जतिसक्दो छिटो ल्याउन पहल थालिसकेको छ । यसका लागि अध्यादेश बनाइसकिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले हिजो सार्वजनिक रुपमै भ्याक्सिन आउनेवित्तिकै नेपालमा पनि ल्याइने बताएका छन् । यसका लािग तयारी भइसकेको बताए । सरकारले भ्याक्सिन छिटो ल्याउन सेरम कम्पनिसँग कुराकानी प्रक्रिया बढाएको छ । यसले भ्याक्सिन सन् २०२१ को मध्यसम्ममा नेपालीले पनि पाउने आशा बढेको छ ।
भ्याक्सिन खरिदका लागि कम्तिमा ७० अर्ब नेपाली रुपैयाँ लाग्ने स्वास्थ्य मन्त्रालको आँकलन छ । स्पुतनिक भी पूरा डजको २० डलर लाग्ने खुलेको छ । तर, फाइजर र मोर्डना कम्पनिको भ्याक्सिन दुई डजको ४० डलरभन्दा माथि पर्न सक्छ । यी भ्याक्सिन ल्याउन खर्च र समयका दृष्टिले पनि केही समस्या पर्न सक्छ । त्यसैले नेपालको ध्यान सेरमको अक्सफोर्ड भ्याक्सिनमा परेको छ ।