काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदत्याग गर्न र प्रायश्चित गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले प्रधानमन्त्रीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्टिय जगत समेतको भ्रष्टाचारसम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुने बताएका हुन् । नयाँ पत्रिका दैनिकको ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’ शीर्षकको समाचार सेयर गर्दै डा. भट्टराईले आफ्नो धारणा राखेका हुन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३