तनहुँको आबुखैरेनीमा बस दुर्घटना हुँदा कम्तिमा १७ जना घाइते भएका छन्।
बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो।
तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस पुलबाट अन्दाजी ५ सय मिटर तल खसेको जानकारी दिइन्।
दुर्घटना हुँदा विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई बसको पछाडिको भागले ठक्कर दिएको उनले बताइन्।
उनका अनुसार स्कुटरमा सवार एक बच्चासहित तीन जना घाइते भएका छन्।
‘अहिलेसम्म १७ जना घाइते भएका छन् भन्ने खबर आएको छ। पूर्ण विवरण आइसकेको छैन,’ उनले भनिन्,’बसमा कति जना सवार छन् घाइतेको उपचार कहाँ भइरहेको भन्ने खबर आइसकेको छैन।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३