दोलखा – बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक सिपापोखरेका २४ वर्षीय रबि दङ्गाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौडे दोलखाबाट खटिएको प्रहरीले दङ्गाललाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३