काठमाडौं – प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।
ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिएनन् । त्यसपछि प्रचण्ड खुमलटार फर्किएका छन् । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७