काठमाडौँ – नेपाल पत्रकार महासंघले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस संविधानविपरीत रहेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्रीको कदम संघीय लोकतान्त्रिक–गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भएको महासंघले विज्ञप्तिमा जनाएको छ ।
‘सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर वज्रपात हुन पुगेको छ,’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूले यस्तो कदमको विरोध गर्नुपर्ने पनि महासंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७