काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीलाई पार्टीले कारबाहीको सिफारिश गरेको जानकारी अर्को पक्षले निर्वाचन आयोगलाई दिएको छ ।
सोमबार दिउँसो नेकपा नेता लीलामणि पोखरेल आयोग कार्यालय पुगेर आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिश गरेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षीय स्थायी कमिटीले कारबाहीको सिफारिश गरेको हो ।
ओलीमाथि कार्वाहीसम्बन्धि सिफारिश मंगलबार बस्ने केन्द्रीय समितिमा लगेर निर्णय निर्णय गर्ने तयारी दाहाल–नेपाल समूहले गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७