काठमाडौँ – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यही पुस ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।
नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार सो दिन बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।
पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७