काठमाडौँ – नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।
नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।
सत्तारुढ नेकपामा विवाद बढ्दा अघिल्लोपटक सक्रियता देखाउने गरेकी राजदूत यान्छी यसपटको विवादमा भेटघाटमा सक्रिय थिइनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७