प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको सिफारिश र त्यस कदमलाई सदर गरेको विरुद्ध सर्वोच्चमा परेका रिटहरुको आज सर्वोच्चमा सुनुवाई हुँदैछ ।
तत्सम्बन्धी पुस ६ र ७ गते परेका १२ वटै रिटहरुको सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा पेशी चढेको छ । यी सबै मुद्दाहरु उनी आफैले हेर्दैछन् ।
नेपाली राजनीतिमा निर्णायक मोड दिने तथा कानूनी व्याख्यामा नयाँ दिशाबोध गर्ने यो मुद्दालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नै गम्भीर चासोका साथ हेरिएको छ ।
स्मरण रहोस्, गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसलाई राष्ट्रपतिले तत्क्षण नै सदर गरेकी थिइन् । ततपश्चात आगामी वैशाख १७ र २७ गरी दुई चरणको निर्वाचन मिति समेत घोषणा भइसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७