काठमाडौं – एकता प्रक्रिया नसकिँदै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो ।
यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर सोको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।
प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७