काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको ठहर गरेको छ ।
संसद विघटनको अधिकार वर्तमान संविधानले प्रधानमन्त्रीलाई नदिएको पनि जसपाको निष्कर्ष छ । सरकारको यस कदमलाई विरोध जनाउदै जसपाले विभिन्न आन्दोलनका कार्यक्रमका घोषणा समेत गरेको छ ।
जसपाको आन्दोलका कार्यक्रमहरु यस प्रकार रहेको छ :
१) २०७७ पौष १० गते विभिन्न जिल्लाका प्रमुख स्थानहरुमा प्रधानमन्त्री एवम् राष्ट्रपतिको पुतला दहन गर्ने ।
२) २०७७ पौष ११ गते जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानहरुमा मशाल जुलुश प्रदर्शन गर्ने ।
३) २०७७ पौष १२ गते काठमाडौं उपत्यका लगायत विभिन्न स्थानहरुमा जनप्रदर्शन गर्ने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७