काठमाडाैँ, १२ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।
उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल पुर्याएको बताए । उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छैन ।
प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ ।
प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही दिनदेखि घरमै आराम गरिरहेका थिए । स्वास्थ्यकै कारण उनी नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत जान सकेका थिएनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३