काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा अधिकांश नयाँ अनुहार र मोआवादी केन्द्रबाट आएका रहेको छन । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन । प्रम ओलीले यस पटक मन्त्रीपरिषद विस्तारमा नेकपा माओवादी केन्द्रका नेताहरुलाई पहिलो प्राथमिकतामा राखेरका छन् ।
उनले विस्तार गरेको मन्त्रीपरिषदमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका टोपबहादुर रायमाझी मोओवादी केन्द्रबाट यसभन्दा पहिला पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हाललेका थिए । त्यस्तै शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो ।
तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसकाका छन् । उनी पनि माओवादी केन्द्रबाट नेकपामा गएका नेता हुन । जनवादी गीत मार्फत जनयुद्धलाई उत्साह थप्ने मणी थापा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न मौका पाएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बनेका छन । यसअघि पनि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालको थिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद हुन।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक मन्त्री बनेकी हुन । उनी नेकपाका अर्का नेता रघुविर महासेठकी श्रीमति हुन । महासेठ प्रचण्ड माधव गुटमा रहेका छन् । त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषदमा सामेल भएका हुन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७