काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् ।
दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा पछिल्लो समय उत्पन्न परिस्थितिको बारेमा छलफल भएको बुझिएको छ । उक्त भेटमा नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको सख्त आलोचना र विरोध गरेका थिए ।
सचिवालय सदस्यसमेत रहेका गौतम अहिलेसम्म पार्टीभित्रको विवादपछि कुनैपनि कित्तामा स्पष्ट खुलेर लागेका छैनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७