काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समुहका नेता महेश बस्नेतले प्रचण्डलाई पूर्व एमालेका कुनैपनि कार्यालयमा आँखा लगाए पेरिसडाडाँमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार ललितपुरमा आयोजित प्रधानमन्त्री एवम नेकपा अध्यक्ष ओली पक्षको भेलामा बोल्दै नेता बस्नेतले धुम्बाराही र बल्खुका कार्यालयहरुमा राजनीतिक गतिविधी नगर्न चेतावनी दिएका हुन् ।
नेता बस्नेतले ओली समुहले पूर्वमाओवादीदीको पार्टी कार्यालयमा पनि आँखा नलगाउने र पूर्वएमालेका पार्टी कार्यालयहरुमा आँखा लगाए कुनै कसुर बाँकी नराख्ने चेतावनी दिएका छन् ।
उनले भेलालाई सम्बोधन गर्दै भने, ‘हामिलाई पेरिस डाँडाको पार्टी कार्यालय चाहिँदैन, प्रचण्ड पक्षले पनि बल्खु र धुम्बाराहीमा आँखा लगाए युवाहरु लगाएर पेरिस डाँडाको पार्टी कार्यालयमा आगो लगाउन लगाउछौँ।’
त्यस्तै नेता बस्नेतले झलनाथ खनाल र माधव नेपाललाई पदको प्रलोवनमा प्रचण्डले आफ्नो समुहमा लगेको बताए । खनाललाई राष्ट्रपति र नेपाललाई अध्यक्षको प्रलोवनमा पारेको उनको दावी छ ।
नेकपा दुई समुहमा विभाजित भएपछि प्रचण्ड र बरिष्ठ नेता दुई अध्यक्ष बनेका छन् । त्यसपछि बिहीबार प्रचण्ड नेपालले बल्खुमा पार्टी कार्यालय बनाउने निर्णय गरेका थिए । त्यस्तै प्रचण्ड नेपाल पक्षले आफूहरु असली नेकपा भएको दावी गर्दै आएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७