काठमाडौं – नेकपा ओली पक्षका अध्यक्ष केपी शर्माओलीले आगामी बैशाख १७ र २७ गते चुनाव भएरै छोडने ठोकुवा गरेका छन् । आइतबार ओली खेमाको विद्यार्थी संगठन अनेरास्ववियुले गरेको बृहत कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले २०७८ सालको बैशाखमा चुनाव हुने भन्दै कतिपयले चुनाव हुँदै हुँदैन भनेर भ्रम छरिरहेको बताए ।
उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दावी गरे । सर्वोच्च अदालतमा धेरै निवेदन दिएको र त्यसको जवाफ दिएर आएको बताउँदै उनले विघटित संसद नबौरिँने र नयाँ चुनाव भएरै छोड्ने बताए । उनले अंग्रेजी वर्षको नयाँ वर्षमा गलत चिजहरु, संविधान विरोधी शक्तिहरु, गणतन्त्र विरोधी शक्तिहरु पराजित हुने, शान्ति, लोकतन्त्र पक्षधर शक्तिहरुको विजय हुने दावी गरे ।
ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे । उनले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसेको उल्लेख गरे । उनले पार्टीका नेताहरु कसरी सरकारलाई असफल पार्नका लागि मात्रै बैठक बस्ने गरेको दावी गरे । ओलीले बितेका ३ वर्षमा पार्टी गतिशील नभएको र अहिले आएर अनेरास्ववियु गतिशील भएको उल्लेख गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७