काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपामा देखि परेको स्पष्ट दुई धारले नेपालको राजनीतिक गर्मागर्मी बढाएको छ । हुनत पछिल्लो समय प्रधानमन्त्री ओली र प्रचण्ड नेपाल कुनै पनि गुटमा नरहेर पार्टिमा अर्को धार पनि रहेको वामदेव गौतमले सन्देश दिइसकेका छन् ।
गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र टोप बहादुर रायमाझी प्रचण्डलाई छाडेर स्पष्ट केपी ओलीको गुटमा लागेको देख्दा सबैलाई अचम्मित तुल्याएको छ ।
पहिले पनि प्रचण्डसँग अलग भएका बादललाई आफ्नै गुटकाले साथ नदिदा पनि किन एक्लै ओली तिर लागे भन्ने विषय चर्चामा रहेको छ ।
प्रचण्ड निकट एक नेताले भने, ‘बादल र टोप बहादुर रायमाझी पदको लागि मरिहत्ते गर्ने मध्यमा थिए, केही महिना भएपनि मन्त्री पदको लोभले उहाँहरु ओलीको पछाडी लाग्नु भएको हो ।’ सम्मानीय न्यायालयले संसद विघटन उल्टाएकै दिन बादल र रायमाझी प्रचण्डको साथमा नआउनुको विकल्प नरहेको पनि उनले दावी गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३