काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अधिकारको दुरुपयोग गरेको बताएका छन् । सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौमा सम्बोधन गर्दै उनले ओलीले चुनाव गर्न खोजेर चुनावको मिति घोषणा नगरेको बताए । ‘उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ अध्यक्ष नेपालको भनाई छ ।
उनले सिंगो देश एकातिर र ओली अर्कोतिर भएको भन्दै यस्तो बेला ओलीलाई मुख देखाउन नै कठिन भएको बताए । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउदो सूर्य चिन्ह त हाम्रो हो’, अध्यक्ष नेपालको भनाई छ । ओलीको प्रतिगामी कदमविरुद्ध गाउँ गाउँ र बस्तीबस्तीबाट आन्दोलन गर्नुको विकल्प नभएको अध्यक्ष नेपालको भनाई छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३