काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण चर्चा भएजस्तो र दाबी गरिएजस्तो सफल हुन सकेन । मन्त्री ज्ञवालीले काठमाडौं ओर्लिनेबित्तिकै आफ्नो भारत भ्रमण सफल भएको भनेर दाबी गरेपनि यथार्थमा भ्रमण सफल हुन सकेन् । भारतसँग चिसोपना रहेको सिमा विवादसम्बन्धी मुद्दा ज्ञवालीले आफ्नो भ्रमणको क्रममा जोडदार रुपमा उठाउन सकेनन् । उनले भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने चर्चा थियो । तर, उनलाई मोदीले भेट त परै जाओस वास्ता पनि गरेनन् ।
पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भैरहेको छ । तर, भारतसँग विवाद रहेको सिमासम्बन्धी विषय समाधान गर्न भने भारत त्यति सकारात्मक देखिएको छैन् । भारतसँगको सिमा विवाद वार्ता तथा सम्वादमार्फत हल गर्ने दाबी गर्दै आएका मन्त्री ज्ञवालीले भने यसपटकको आफ्नो भ्रमणलाई त्यस सम्बन्धमा उपयोग गर्न सकेनन् । कुटनीतिक क्षेत्रका जानकारहरुले ज्ञवाली भारत भ्रमणको क्रममा फिक्का साबित भएको र वजनदार रुपमा प्रस्तुत हुन नसकेको टिप्पणी गर्न थालेका छन् ।
मन्त्री ज्ञवालीको भारत भ्रमणको क्रममा द्धिपक्षीय वार्ता तथा प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा प्रस्तुति पनि राम्रो नदेखिएको जानकारहरु बताउँछन् । उनले आफ्नो क्षमता पनि राम्रो प्रर्दशन गर्न नसकेको टिप्पणी भैरहेको छ । मन्त्री ज्ञवालीले सिमा विवादबारे समकक्षीसँग पनि राम्रो कुरा राख्न नसकेको आरोप छ । तीनदिने भारत भ्रमणमा रहेको परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको थियो । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठकमा सिमा विवादसम्बन्धी कुनै कुरा नगर्ने सहमति भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३