काठमाडौँ – जनता समाजवादी पार्टीले संसद विघटनको विरोधमा देशभरका ७७ जिल्लाभर विरोध सभा सम्पन्न गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानीक रहेको जसपाको ठहर छ । आज काठमाडौको शान्ती वाटिका र ललितपुरको लगनखेलमा विरोध सभा सम्पन्न भएको छ । काठमाडौँको विरोध सभामा बोल्दै नेतृ हिसिला यमीले भनिन्, ‘प्रधानमन्त्री एक क्रुर तानशाही हुन् , उनले संविधानलाई गर्भ मै तुहाउन खोजे ।’
प्रधानमन्त्री ओली तानाशाही मात्र नभएर प्रतिगामी व्यक्ति रहेको जनसरोकार समन्वय समितिका अध्यक्ष श्याम कृष्ण प्रजापतिले आरोप लगाए ।
प्रदर्शनकारीहरुले कालो पोशाकमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनविरुद्ध नारा पनि लगाएका थिए । संसद पुर्नस्थापना नभएसम्म विभिन्न विरोधका कार्यक्रम गर्ने पनि जसपाले घोषणा गरिसकेको छ ।
भिडियो हेर्नुहोस् :
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३