काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशले अब कुनैपनि तानाशाहलाई कुनै स्थान् नभएको स्पष्ट पारेका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण पनि नभएको जिकिर गरे । उनले पार्टीको साधारण सदस्यबाट पनि ओलीलाई निश्कासन गर्न गएको जानकारी दिए ।
उनले भने,‘आजै हामी चिठ्ठी लेखेर केपी ओलीलाई कम्युनिष्ट पार्टीको साधारण सदस्यबाट हटाउन गैरहेका छौं ।’ ओली सबै ठाउँमा अल्पमतमा परेको उनको दाबी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३