काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पित पत्रकारिता देशको ठूलो समस्या भएको बताएका छन् ।
अहिले केही सञ्चार माध्यम ‘राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भने जसरी प्रस्तुत भएको उनले बताए । नेकपामा आफ्नो समूहसँग निकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले केही सञ्चार माध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको बताए । उनले अघि भने, ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।’
हलमा उपस्थित पत्रकारहरुलाई सम्बोधन गर्दै उनले स्वार्थका लागि समाचार नलेख्न आग्रह गरे । उनले भने, ‘यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस् ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३