काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सोमबार बिहान म्याग्दीको तातोपानीमा पुगेका छन् । पत्नी सीता दाहालसहित अध्यक्ष प्रचण्ड तातोपानी पुगेका हुन् । पत्नी सीताको उपचारको क्रममा चिकित्सकको सल्लाहमा अध्यक्ष प्रचण्ड परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुग्नुभएको श्रोतले बताएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । सोही विश्वासका कारण मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
अध्यक्ष प्रचण्डसँग जीवन संगिनी सीता दाहालसहित, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ रहेका छन् । उनका साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी जीवन संगिनी नैनकला थापा पनि रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३