काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले प्रचण्डले आरोपपत्र फिर्ता लिएर निर्वाचनमा भाग लिए पार्टी एकता जोगिने बताएका छन् ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओली समूहका नेता पोखरेलले यस्तो बताएका हुन् ।
उनले नेकपाका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक रहेको बताए । निर्वाचन आयोगबाट केपी ओलीले राख्दै आएको अडानलाई बल पुग्ने निर्णय भएको उनको भनाई छ ।
उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले लोकतन्त्रको रक्षाका लागि काठमाडौंमा जनसभा गर्न लागिएको जानकारी पनि दिए । माघ २३ गते जनसभा गर्ने ओली समूहको तयारी छ ।
बागमती प्रदेश संगठन कमिटीको आयोजनामा काठमाडौँको रत्नपार्कमा गर्न लागिएको जनसभाका लागि कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३