काठमाडौँ – झुटो वाचा र आश्वासनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिको अभिन्न अंग बनाएक छन्।
विगतमा उनले दिएका झुटा आश्वासनका चाङ नै छन्।
अति संवेदनशील विषयमा प्रधानमन्त्री ओलीले बुधबार फेरि अर्को झुटो आश्वासन दिएका छन्। कोभिड-१९ विरूद्धको खोप अभियानको सुरूवात गर्दै उनले आउने तीन महिनाभित्र सबै नेपालीले खोप पाइसक्ने आश्वासन दिए।
उनले भने, ‘हामी ठान्छौं करिब तीन महिनाभित्र हामीले सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं।’
अझ अगाडि बढेर उनले बढीमा तीन महिना लाग्ने संकेत गर्दै भने, ‘मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ।’
खोप निर्माता देशहरुले नै ३ महिनामा आफ्ना सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने बारे बोल्न सकेको छैनन् । बेलायतमा निर्माण गरिएको खोप सकिएर केहि दिन खोप लगाउने कार्यक्रम नै स्थगन गरिएको छ ।
भारतले उपलब्ध गराएको खोप पनि अनुदानमा आएको खोप हो । सरकारले आजको मितिसम्म कुनै देश वा खोप निर्माता कम्पनीसँग कुनै पनि किसिमको खोप खरिद गर्ने बारे सम्झौता गरेको छैन ।
अनुदान कै खोपको मुखताकेर बस्ने सरकारले ३ महिना भित्र सबै नेपालीहरुलाई खोप उपलब्ध गराउन सक्ने कम्तीमा हालसम्मको मितिमा सम्भव नरहेको एक जानकारले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३