काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुर्नस्थापना भए देशमा सहमतीय सरकार बन्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
भट्टराईले सहमतीय सरकारले सहमतिमै संविधान संशोधन, निर्वाचन, सुशासन र समृद्धिको बाटोमा लान सक्ने बताए ।
भट्टराईले देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेको रहेको भन्दै यस्तो बेला कुन बाटो हिंड्ने भन्नेमा सबैले सोच्नुपर्ने उल्लेख गरे । ‘कुन बाटो जाने सबैले छातिमा हात राखेर सोचौं,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘अग्रगमनको बाटो भनेको संसद पुनर्स्थापना हो ।’
मुलुकमा चुनाव पनि नहुने, संकटकाल लाग्न सक्ने, संविधानकै खारेजी हुन सक्ने तथा आन्दोलन र विदेशी हस्तक्षेप हुने दाबी भट्टराईको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३