जनकपुर – यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत २ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
“स्काभेटर र लोडर” को सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाइएको उजुरीको आधारमा कापरसहित विचौलिया राज किशोर भगतलाई २ लाख ७३ हजार ८ सय ५० रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कापरको कोठामा खानतलासी गर्दा उक्त रकमसहित परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको ५० हजार रकमसहित बिचौलिया भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं. भएको कागजात बरामद गरेको थियो ।
मंगलबार यातायात व्यवस्था कार्यालय, जनकपुरधाम परिसरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३