काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड- माधव पक्षले आज बिहीबार बुटवलमा बृहत जन प्रदर्शन गर्दै छ। नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा विरोध प्रदर्शन गर्न लागेको हो।
भेलालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम तय भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। ‘भेलालाई सम्बोधन गर्न दिउँसो १ बजे अध्यक्षद्वय आउँदै हुनुहुन्छ। त्यसैले हामी आवश्यक तयारीलाई तीव्र रुपमा गरिरहेका छौँ’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ। ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड माधव पक्षले निरन्तर सडक आन्दोलन गरिरहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३