काठमाडौं – पूर्वमन्त्री तथा नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी गर्दै बस्नेतको अभिव्यक्तिको भर्त्सना गरेका हुन् । बुटवलमा माघ १३ गते आयोजित युवाहरूको भेलालाई सम्वोधन गर्ने क्रममा पूर्वमन्त्री बस्नेतले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका संस्थापक प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका थिए ।
पत्रकारले समाचार लेखेका कारणले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।
पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने काम गरेको भन्दै बस्नेतको अभिव्यक्तिमाथि महासंघले भर्त्सना गरेको छ । महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न एवं यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३