काठमाडौँ – भारतले कोभिड–१९ विरुद्धको १० लाख डोज खोप अनुदानमा दिएर तल्लो अरुण आयोजना फुत्काउन सफल भएको छ ।
प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको लगानी बोर्डको बैठकले शुक्रबार उक्त आयोजना भारतलाई दिने निर्णय गरेको हो । ६ सय ७९ मेगावाटको तल्लो अरुण नेपालमा हाल भएकामध्ये आकर्षक जलविद्युत आयोजना हो । संखुवासभा र भोजपुरमा बन्ने उक्त आयोजना हात पार्न भारतले लामो समयदेखि प्रयास गर्दै आएको थियो । बोर्डले यसअघि ९ सय मेगावाटको अरुण तेश्रो आयोजना निर्माण गरिरहेको सतलज जलविद्युत निगमलाई आयोजना जिम्मा दिने निर्णय गरेको छ ।
तल्लो अरुण अरुण तेश्रोको क्यासकेट आयोजना भएकाले भारतले लामो समयदेखि नेपाललाई उक्त आयोजना दिन दबाब दिँदै आएको थियो । ऊर्जामन्त्री, ऊर्जासचिव तथा दुई पक्षीय संयन्त्रका हरेक बैठकहरुमा भारतले उक्त आयोजना दिन दबाब दिँदै आएको हो । तर, अहिलेसम्म त्यसबारे निर्णय भएको थिएन । प्रतिनिधिसभा विघटनसँगै मुलुकको राजनीति तरल रहेका बेला प्रधानमन्त्रीले नेपाल आफैंले बनाउन सक्ने आयोजना भारतलाई दिएका छन् । विद्युत विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको उक्त आयोजनालाई सरकारले गत वर्ष चैतमा सम्पन्न लगानी सम्मेलनमा राखेको थियो ।
त्यसमा सतलजले निवेदन दिएको थियो । त्यसका अलावा चीनले पनि उक्त आयोजनामा लगानी गर्ने चासो राखेको थियो । यस्तै सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चीनको पावर चाइना कर्पोरेसनसँगको लगानी साझेदारीमा उक्त आयोजना बनाउन खोजेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३