कृष्णनगर – प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सबै मधेशी एक ठाउँमा उभिनुपर्ने बताएका छन् । सबै मधेशी एक ठाउँमा भएपछि मधेशीका हकअधिकार सुनिश्चित हुने बताएका हुन् ।
कपिलवस्तुको कृष्णनगरमा आयोजित सङ्घीय समाजवादी फोरम नेपालको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘एमाले, माओवादी केन्द्र एकीकरण गरी एक ठाउँमा उभिएका छन् तर हामी मधेशी आफैँ फरकफरक पार्टीमा रहेर हकअधिकारबाट बञ्चित भएका छौँ ।’
मधेशमा नागरिकता जस्ता महत्वपूर्ण हकअधिकार प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अकिल मिया, फोरम नेपालका केन्द्रीय सदस्य रामवरन यादव, प्रदेश नं ५ का अध्यक्ष अशोक यादव, प्रदेश नं ५ का मुख्य सचिव डा. रसिद खानलगायतले मधेशी र मधेशको हकअधिकारका बारेमा बोलेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३