काठमाडौं – नेपाल बुदोकैदो फुलकन्टाक्ट एसोशियसन किसिपिडी शाखाको आयोजनामा १५ औं राष्ट्रिय किसिपिडी बुदोकैदो फुल कन्टाक्ट करांते प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
गत शुक्रबार चन्द्रागिरी महानगरपालिकाका मेयर घनश्याम गिरीले समुद्घाटन गरी शुरु भएको उक्त प्रतियोगितामा विभिन्न वेट क्याटागोरीका खेलहरु सम्पन्न भएको थियो ।
उद्घाटनको क्रममा मेयर गिरीले स्वस्थ रहन खेलकूद अति नै आवश्यक रहेको भन्दै खेल र खेलाडीको मनोबल उच्च राख्न नगरपालिका हरदम अग्रपंक्तिमा रहेको बताए ।
समापन कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले विजयी खेलाडीहरुलाई कप, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो भने किसिपिडी शाखाका प्रशिक्षकहरु चन्द्र महर्जन र मदन महर्जनलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा प्रदर्शनी खेल र आकर्षक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
बागमती प्रदेशका सांसद रमा आलेमगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो समापन कार्यक्रमको सभापतित्व किसिपिडी शाखाका अध्यक्ष सूर्य बहादुर महर्जनले गरेका थिए भने सो कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिसा नकर्मी, नेपाल बुदोकैदो फुलकन्टाक्ट संघका अध्यक्ष काजिमान श्रेष्ठ, द्वन्द निर्देशक राजेन्द्र खड्गी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३