काठमाडौं – दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल रात्रिकालीन व्यवसाय फुकुवा नगरे विद्रोह गरिने चेतवानी दिएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् कोभिड–१९ को रोकथाम तथा नियन्त्रण बन्द गरेर नभई स्वास्थ्य सुरक्षा अपनाएर हुने र त्यसविपरीत सरकारले व्यवसाय बन्द गरे विद्रोह गरिने समितिले चेतावनी दिएको छ ।
साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख मसान्तभर सार्वजनिक स्थलमा भिडभाड नगर्न, विद्यालय, कलेज, होटेल, रेष्टुरेन्ट, डान्सबार लगायत मनोरञ्जनका क्षेत्रमा रोक लगाएको छ ।
समितिका संयोजक विनोद श्रेष्ठका अनुसार कोरोनाको विकल्प केवल बन्दमात्र होइन, आवश्यक स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर काम गर्न पाउनुपर्छ । साथै, अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालन गरेर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनको माग रहेको छ ।
यसैगरी दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सुनधाराका संयोजक आरसी पोखरेलले सरकारले दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ७० हजार व्यवसायी जोडिएको बताएका छन् । ती व्यवसायीले सरकारलाई कर बुझाइरहेको र यति गर्दा पनि झन् प्रहार गरिएको भन्दै त्यसविरुद्ध उत्रिन बाध्य हुने उनले बताए ।
दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको व्यवसायीको दाबी रहेको छ । त्यस्तै, प्रत्यक्ष तथा अप्रत्यक्ष गरी झण्डै ७० हजारले रोजगारी पाएको उनीहरुले बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३