रुपन्देही – बुटवल १३ का वडा सचिव सेवाग्राहीसँग घुस लिँदैै गर्दा सोमबार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले बुटवलको हाटबजार लाइनबाट बुटवल-१३ का वडा सचिव भरतकुमार काउचालाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो । उनीबाट ५ हजार घुस समेत बरामद भएको छ ।
सेवाग्राहीसँग बसाइसराइ दर्ताको काम गर्न ५ हजार घुस लिँदै गर्दा काउचालाई पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख रबिलाल पन्थले जानकारी दिनुभयो । पक्राउ परेका काउचालाई आवश्यक अनुसन्धान पूरा गरेपछि काठमाडाैं पठाउने प्रमुख पन्थको भनाई छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३