आज सुन र चाँदी दुवैको भाउ बढ्यो

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउ केही दिन यता थपघट हुँदै आएको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ४ सय रुपैयाँ खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, ८९ हजार ५ सय रुपैयाँमा हिजो कारोबार भएको तेजाबी सुन आज ४ सयले बढेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघको अनुसार आइतबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार